नेपाल बङ्गलादेश बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने

सोमबार, मंसिर ४, २०७४ साल,
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको २३औं बार्षिक साधारणसभले सो निर्णय गरेको हो ।

साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमदसाह आलम सरवार, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेल संचालक समिति सदस्यमा निर्वाचित भएका छन । साथै, संचालकमध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष चयन गरिएको छ ।

साधारण सभाबाट स्वीकृत १२ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा धेरै हुनेछ । गत आर्थिक वर्षमा बैंकले । १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411