४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

आईतवार, मंसिर ३, २०७४ साल,
दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।

आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करीब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ ।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८.३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन सुरू भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भने ‘अब सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ।’ इलेक्ट्रोमेकानिकलका लागि सामान आयोजनास्थलमा पुर्‍याउने काम भइरहेको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको आयोजना प्रमुख श्रेष्ठले बताए।

उनले भने, ‘हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पुर्‍याउन कठीन भएको छ । अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रुत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ । उनका अनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् ।

श्रेष्ठका अनुसार आयोजनाको लागत  ३५ अर्ब ३० करोड रुपैयाँ छ। कर्मचारी सञ्चय कोषको  १० अर्ब रुपैयाँ, नेपाल टेलिकमको  ६ अर्ब रुपैयाँ, नागरिक लगानी कोषको दुई अर्ब रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको  दुई अर्ब रुपैयाँ लगानी छ। आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने शेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई शेयर वितरण गरिनेछ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411