एभरेष्ट बैंकले घोषणा गर्यो ३३ प्रतिशत बोनस शेयर
शुक्रबार, मंसिर १, २०७४ साल,

काठमाडौं । एभरेष्ट बैंक संचालक समितको विहीबारको बैठकले गतबर्षको कमाईबाट ३४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्छ । ३३ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ । बैंकले दुई अर्ब बढीको बोनस वितरण गर्ने भएको हो । एभरेष्टले गत आर्थिक बर्षमा एक अर्ब ९८ करोड रुपैयाँ खु्द नाफा गरेको थियो ।
बैंकले गत आर्थिक बर्षमा ७० प्रतिशत बोनस वितरण गरेर र ३३ प्रतिशत हकप्रद बिक्री गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको जगेडा कोषमा ६ अर्ब ६७ करोड २ लाख ५३ हजार रुपैयाँ छ ।