नेपाल लाइफको २०० प्रतिशतले नाफामा बढोत्तरी

बिहीवार, कार्तिक ३०, २०७४ साल,
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी दिनप्रतिदिन सबल बन्दै गएको छ । कम्पनीले सार्वजानिक गरेको चालू आर्थिक वर्षको वित्तीय प्रतिवेदनले सो कुराको पुष्टि गरेको छ ।

कम्पनीले सो अवधिमा २०१ दशमलव १९ प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आर्थक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख मुनाफा गरेको कम्पनीले समिक्षा अवधिमा १७ करोड ७४ लाख खुद नाफा कमाएको छ ।

बीमा कम्पनीले तोके बमोजिमको चुक्तापूँजी पुर्याईसकेको कम्पनीले जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष समेत ३४ अर्ब २८ करोडबाट बढाएर ४३ अर्ब ३६ करोड पुर्याएको छ, भने महाविपत्तीकोषमा १५ करोड ६७ लाखबाट बढाएर २६ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ ।

सार्वजानिक वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा ३ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने हालसम्म ५६ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैया ९२ पैसा, प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ ७२ पैसा र प्रतिशेयर कुल सम्पतिको मूल्य १ हजार ६ सय ६६ रुपैयाँ रहेको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411