कुलमानले ७५० मेगावाटको पश्चिम सेती बनाउन गरे चिनियाँ थ्री गर्जेजसँग सम्झौता

बिहीवार, कार्तिक ३०, २०७४ साल,
काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च प्रतिनिधिबीच ज्वाइन्ट भेन्चर एग्रिमेन्ट भएको छ ।

प्राधिकरणका आयोजित समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कुल ७५० मेगावाट क्षमताको सो आयोजना अगाडि बढाउन जेभिए गर्नुपर्ने थियो । चिनियाँ पक्षले कुल लगानीको ७५ प्रतितशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने उक्त स्म्झौतामा उल्लेख छ ।

सम्झौताका लागि चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार मात्रै नेपाल आएको थियो । लामो समयदेखि आयोजनाको बारेमा अन्यौलता रहँदै आएको अवस्थामा जेभिएले मार्ग प्रशस्त गरेको प्राधिकरणले जनाएको छ ।

थ्री गर्जेजको ७५ प्रतिशतमध्ये १० प्रतिशतसम्म आयोजना प्रभावितलाई दिइने छ । त्यस्तै, थ्री गर्जेजले आफ्नो सेयरमध्येबाट १४ प्रतिशतसम्म नेपाली लगानीकर्तालाई दिनसक्नेछ ।

थ्री गर्जेजका लगानी विभागका निर्देशक याओ फिक्योङ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

संयुक्त लगानीसम्बन्धी उक्त सम्झौताको अनुमति लगानी बोर्डले गर्नुपर्ने हुन्छ । अनुमतिका लागि अब लगानी बोर्डमा पठाइने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

‘लगानी बोर्डले स्वीकृति दिएपछि दुबै पक्षले संयुक्त लगानीको कम्पनी दर्ता प्रक्रिया अघि बढाउने छन्,’ अधिकारीले भने ।

संयुक्त लगानीमा बन्ने कम्पनीको नाम ‘वेस्ट सेती हाइड्रोपावर डेभलपमेन्ट लि.’ रहने सम्झौतापत्रमा उल्लेख छ । यो कम्पनीले बिजनेश प्लानहरु पनि तयार गर्ने, आयोजनाका अध्ययन कार्यहरुलाई अघि बढाउने अधिकारीले जानकारी दिए ।

आयोजना निर्माण सञ्चालन स्वामित्व हस्तान्तरण (बुट) मोडलमा गरिने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411