
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ४९ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको छ । इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा ८९ करोड ४९ लाख रुपैयाँ गरेको छ भने नबिलको नाफा ८५ करोड १४ लाख रुपैयाँ छ।
इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ७४ करोड ८ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २०.८१ प्रतिशतले खुद नाफा बढाएको हो ।
बैंकले समीक्षा अवधिमा ८ अर्ब ७० करोड ६६ लाखको पूँजीलाई ९ अर्ब २४ करोड पुर्याएको थियो । उक्त पूँजीको १५ प्रतिशत बोनस बितरण गरेर अहिले बैंकले चुक्ता पूँजी १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार रुपैंया पुर्याएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैंया तीन पैसा रहेकोमा यस पटक ३३ रुपैंया ६९ पैसा कायम भएको देखिन्छ ।
१० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी बनाएको नेपाल इन्भेष्टमेण्ट बैंकले जगेडाकोषमा ८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले १ खर्ब ३१ अर्ब २९ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ जुन अघिल्लो वर्षको तुलनाभन्दा १४ दशमलव ९१ प्रतिशत वृद्धि गरी । जसबाट बैंकले कर्जामा १ खर्ब ७ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ जुन अघिल्लो वर्षको तुलनाभन्दा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हो ।
बैंकको निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशतबाट बढेर १.०४ प्रतिशत कायम भएको छ । उसको जगेडा कोषको आकार एसलाई गाभे पछि नै केही बढेको थियो । समीक्षा अवधिमा ४० प्रतिशत लाभांस बितरण गर्दा पनि बैंकको जगेडा कोषको आकार ८ अर्ब ३२ करोड रुपैंयाबाट बढेर ८ अर्ब ९७ करोड रुपैंया पुगेको छ ।
बैंकले समीक्षा अवधिमा सिडी रेशियो ७८।६९ प्रतिशतबाट ७५.९२ प्रतिशतमा झारेको छ । यसले निक्षेप र कर्जाको अहिलेको अनुपातलाई सन्तुलन गर्दै व्यवशाय बढाउनु पर्ने चुनौती बैंकसँग छ ।
बैंकको १ सय ८४ रुपैंया ४७ पैसा छ भने मूल्य आम्दानी अनुपात १९.२९ गुणाले मात्र बढी छ ।