ग्लोबल आइएमई बैंकले नाफा ३५ करोड रुपैयाँ कमायो, निक्षेप १ खर्ब ४ अर्ब पुग्यो

शुक्रबार, कार्तिक १७, २०७४ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७४-७५ को पहिलो त्रैमासमा खुद मुनाफा ३५ करोड ३२ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १६ दशमलव ०९ प्रतिशतले घटेर ३५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ४२ करोड ९ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी भएको ग्लोबल आइएमइ बैंकले जगेडाकोषमा ४ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३० प्रतिशतले वृद्धि गरी १ खर्ब ४ अर्ब ९४ करोड ११ लाख रुपैयाँ संकलन गरी कर्जामा ८८ अर्ब ७७ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा गत वर्षको तुलनाभन्दा ३१ दशमलव ३४ प्रतिशतले बढेको हो ।

बैंकको खुद व्याज आम्दानीमा १५ दशमलव ९१ प्रतिशतले बढेर ६९ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २७ दशमलव ८२ प्रतिशतले घटेर ३८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १६ करोड ६६ लाख रुपैयाँ राखेको छ भने ८ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको जोखिम युत्त सम्पत्ति शुन्य दशमलव ३९ प्रतिशतले घटेर ११ दशमलव ५४ प्रतिशत रहेको छ भने निष्कृय कर्जा पनि शुन्य दशमलव १४ प्रतिशतले घटेर १ दशमलव ५७ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२ दशमलव ०८ गुणा, नेटवर्थ प्रति शेयर १ सय ५४ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ८१ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411