प्राइम कमर्सियल बैंकले नाफा ३६ प्रतिशत बढायो, प्रतिशेयर आम्दानी २१.६१ रुपैया

बिहीवार, कार्तिक १६, २०७४ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०७४-७५ को पहिलो त्रैमासमा मुनाफालाई ३६ दशमलव १२ प्रतिशतले वृद्धि गरी ३४ करोड १७ लाख रुपैयाँ कमाएको छ ।

बैंकले गत वर्षको सोही अवधिमा २५ करोड १० रुपैयाँ खुद मुनाफा गर्न सफल भएको थियो ।

६ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ राखेको छ । निक्षेप ३० दशमलव ८६ प्रतिशतले बढेर ६८ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ संकलन गरी कर्जामा ५९ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा भने ७६ दशमलव २८ प्रतिशतले कमीआएको छ । बैंकले संचालन मुनाफा ६९ दशमलव ३४ प्रतिशतले वृद्धि गरि ४३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १५ करोड ६० लाख रुपैयाँ राखेको छ भने खराबकर्जा १० करोड ३१ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्क्रिर्य कर्जा १ दशमलव ३७ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ५५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव ६८ रुपैयाँ र तरलता अनुपात २७ दशमल ९० प्रतिशत रहेको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411