राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरी ७१ करोड नाफा कमायो
बुद्धबार, कार्तिक १५, २०७४ साल,

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७४-७५ को पहिलो त्रैमासमा खुद मुनाफा ७० करोड ९५ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको तुलनाभन्दा ४१ दशमलव ८ प्रतिशले वृद्धि गरेको हो । बैंकको अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५० करोड ८ लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँ राखेको छ ।
बैकले निक्षेपमा सामान्य वृद्धि गरी १ खर्ब ४८ अर्ब ३१ करोड २१ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ६ अर्ब ४७ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा ३५ दशमलव २६ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६१ दशलमव २३ प्रतिशतले बढेर ९४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
बैंकले संभावित जोखिम वापत ३३ करोड ४४ लाख रुपैयाँ राखेको छ भने संभावित जोखिम कोषबाट १५ करोड २३ लाख रुपैयाँ गरेको छ ।
बैंकको निष्क्रिय कर्जा २ दशमलव ९२ प्रतिशत रहेको छ भने पूँजीकोषमा १२ दशमलव ०९ प्रतिशत रहेको छ ।