सानिमा बैंकको नाफा २७ प्रतिशत बढ्दाँ प्रतिशेयर आम्दानी भने घट्यो

आईतवार, कार्तिक १२, २०७४ साल,
काठमाडौं । चालु आव २०७४-७५ को पहिलो त्रैमाशमा सानिमा बैंकको नाफा करिब २७ प्रतिशतले वृद्धि भएको छ । बैंकको नाफा २६।८१ प्रतिशतले बढेर ३४ करोडमा पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा भने करिब ११ प्रतिशतले बढेर ४९ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी भने ११.५६ प्रतिशतले मात्र बढेको छ । त्यस्तै, बैंकले फि, कमिसन, अन्य आम्दानी र विदेशी मुद्राको विनिमयबाट २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

बैंकको निक्षेप ३१.३४ प्रतिशतले बढेर ६४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने कर्जा २८ प्रतिशतले वृद्धि भएर ५७ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ८९ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७९.१७ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ४३ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २४ अर्ब ६४ करोड रुपैयाँको लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ९ करोड ६२ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात ०।१४ प्रतिशत रहको छ भने करिब ९ गुणा प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल १६.९४ प्रतिशतबाट घटेर १४.२२ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब पुगेको छ भने सञ्चिती १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २०.१९ रुपैयाँबाट घटेर १६.७२ रुपैयाँ , मूल्य आम्दानी अनुपात २०.७६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १९ बाट घटेर १ सय १७ रुपैयाँ रहेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411