बैनिया र फिदिममा प्रभु बैंकका शाखा खुल्यो, शाखा संख्या १४० पुग्यो

शुक्रबार, कार्तिक १०, २०७४ साल,
काठमाडौं । प्रभु बैंकले कैलाली जिल्लाको बौनिया तथा पांचथर जिल्लाको फिदिममा दुई वटा शाखाहरु सञ्चालनमा ल्याएको छ।

बैनिया शाखाको नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख व्यवस्थापक धनन्जय शर्मा र फिदिम शाखाको नगर प्रमुख ओनाहाग नेम्वाङले उदघाटन गरे।

उक्त कार्यक्रममा स्थानीय कार्यालय प्रमुखहरु तथा व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा बैंकले असोज मसान्तसम्म ८३ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब बराबरको रकम लगानी गरेको जानकारी दिइयो।

देशका ५६ जिल्लामा आफ्ना १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै थप शाखा संचालन गर्ने जनाएको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411