नेप्से ६.६४ अंकले बृद्धि, १६ करोड ६३ लाख रुपैयाँको कारोबार

मंगलवार, चैत्र १७, २०७१ साल,

nepal Stockकाठमाडौं । मङ्गलवार नेप्से परिसूचक ६ दशमलव ६४ अङ्क बढेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दुभन्दा शून्य दशमलव शून्य ३ अङ्क माथि (९ सय ३९ दशमलव १३) बाट बजार खुलेको हो । 
 
नेप्से ६.६४ अंकले बढेर ९४५.७४ अंकमा उक्लिएको हो । दिनभरीमा १२७ कम्पनीका १६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । दिनभरीमा पाँच लाख ४१ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।
 
सबै सुचकहरु उकालो लागेका छन् । बैंकिङ ५.९७ अंक, होटल ४१.५ अंक, विकास बैंक ११.२१ अंक, जलवद्युत् २८.४९ अंक, फाइनान्स ०.४४ अंक र बिमा १४.३३ अंकले बढेको छ । अन्य सुचक स्थिर रहेको छ ।
 
दिनभरीमा सनराइज बैंकको एक करोड ८३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । नबिल बैंकको पनि ९० लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । नेपाल लाइफको एक करोड १९ लाख रुपैयाँको साधारण सेयर बिक्री भएको छ ।
 
ओरेन्टल होटल, डिप्रोक्स डेभलपमेन्ट, सुभेच्छा विकास, हामा मर्चेन्टका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा सनराइजका संस्थापक सेयरधनी, ओम फाइनान्स, कर्णाली डेभलपमेन्ट, साङ्ग्रिला डेभलपमेन्ट लगायतका सेयरधनी छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411