
काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाशमा ५३ करोड १४ लाख रुपैयाँ खुदा मुनाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक बर्षको यसै अवधिमा ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकले असोजसम्ममा खुद ब्याज आम्दानी एक अर्ब तीन करोड रुपैयाँ गरेको छ भने गत बर्षको यहि अबधिमा ९१ करोड ८ लाख रुपैयाँ थियो। जुन अघिल्लो बर्षको तुलनामा १३ प्रतिशतले बढि हो।
बैंकले असोज मसान्तसम्ममा ९९ अर्ब ३७ करोड निक्षेप संकलन गरि ८१ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्षको यहि अबधिमा बैंकले ८९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकले एक बर्षमा चुक्ता पूँजी तीन गुणाले बढाएको छ। गत असोज मसान्तमा दुई अर्ब ७४ करोड रुपैयाँ रहेको पूँजी एक बर्षमा छ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ। बैंकले यस बीचमा सुरुमा ७० प्रतिशत बोनस शेयर र बोनस शेयर जारी पछिको पूँजीमा ३३ प्रतिशत हकप्रद दिएकव थियो। बैंकको जगेडा कोषमा ६ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
बैंकको पूँजी पूँजी कोष अनुपात एक बर्षमा २.२४ प्रतिशत बिन्दुले बढेर १५.४६ प्रतिशत पुगेको छ। बैंकले खराब कर्जा ०.३६ प्रतिशतबाट घटाएर ०.२६ प्रतिशतमा झारेको छ। बैंकले दुई गुणा पूँजी बढाउँदा प्रति शेयर आम्दानी आधाले घटेको छ। बैंकको गत बर्षको यहि अबधिमा ७८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ३५ रुपैयाँमा झारेको छ।