सिटिजन्स बैंकले ३१ करोड ९० लाख कमायो, प्रतिशेयर आम्दानी ११ रुपैयाँ घट्यो

मंगलवार, कार्तिक ७, २०७४ साल,
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय बिवरण निकालेको छ । बैंकले खराब कर्जा असुली थोरै गरेका कारण खुद नाफा प्रभावित बनेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको छ ।

बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ३४ करोड ५१ लख ५७ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा दुई करोड ६० लाख ५८ हजार रुपैंयाले घटेको हो ।

बैंकले गत आर्थिक वर्षको असोज मसान्तमा खराब कर्जाबाट ४४ करोड ५८ लाख सात हजार रुपैंया राइट व्याक गरेको थियो । जसका कारण उसको खुद नाफा पनि धेरै देखिएको थियो । यस पटक भने बैंकले जम्मा सात करोड १० लाख ५९ हजार रुपैंया मात्र राइट व्याक गरेका कारण खुद नाफा प्रभावित बनेको हो ।

यस अवधिमा बैंकको चुक्ता पूँजी पाँच अर्ब ५३ करोड ७३ लाख रुपैंयाबाट आठ अर्ब दुई करोड ९१ लख रुपैंया पुगेको छ । जगेडा कोष एक अर्ब ६४ करोड २ लाख रुपैंयाबाट एक अर्ब ७४ करोड ४२ लाख रुपैंया पुगेको छ । निक्षेप तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको बैंकको व्याज आम्दानी ४३ करोड ५९ लाख रुपैंयाबाट बढेर ४८ करोड २८ लाख रुपैंया पुगेको छ ।

बैंकको ब्याज आम्दानी, संचालन मुनाफा लगायतका सुचकमा सुधार गरेको छ भनृ बैंकको कोषको लागत आठ दशमलव दुई प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ८९ पैसा कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंया ९३ पैसा थियो ।

निस्क्रिय कर्जाको अनुपात गत बर्षको तुलनामा एक दशमलव ७३ प्रतिशतबाट बढेर एक दशमलव ९९ प्रतिशत कायम भएको छ । उसको मूल्य आम्दानी अनुपात १९ दशमलव ३१ गुणाले बढी रहेको वित्तीय बिवरणमा उल्लेख छ । बैंकको प्रतिसेयर नेटवर्थ एक सय २१ रुपैंया दुई पैसा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411