​आईएलएफसीको ४ लाख कित्ता आईपीओ आजदेखि

मंगलवार, चैत्र १७, २०७१ साल,
काठमाडौं । आईएलएफसी माइक्रो फाइनान्स वित्तीय संस्थाको साधारण शेयर मङ्गलवारदेखि जारी हुँदै छ । कम्पनीले रू. ४ करोडबराबरको ४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । आइतवारदेखि फारम वितरण शुरू भएकोमा सोमवारसम्म ४० हजारभन्दा बढी वितरण भइसकेको सिभिल क्यापिटलले बताएको छ । 

कम्पनीले निष्कासन गरेको साधारण शेयरमध्ये सामूहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि ८ हजार कित्ता छुट्ट्याएको छ । बाँकी रहेको ३ लाख ८० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । प्रतिकित्ता रू. १ सयका दरले न्यूनतम २० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । अगामी चैत १७ देखि निष्कासन गरी उक्त साधारण शेयरका लागि छिटोमा २० तथा ढिलोमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । आवेदनका लागि  सिभिल क्यापिटल, आईएलएफसी फाइनान्सका शाखा काठमाडौंको चुच्चेपाटी, बानेश्वर, चावहिल, कालीमाटी, ललितपुरको कुमारीपाटी, भक्तपुरको सूर्याविनायक, चितवनको नारायणघाट, इटहरी, घोराही, दाङ, बुटवल रूपन्देही, बागमती डेभलपमेण्ट बैङ्क सर्लाही र जनता बैङ्कको धनगढी शाखामा आवेदन बुझाउन सकिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411