महुली लघुवित्तले प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद र १० प्रतिशत नगद दिने

आईतवार, असोज २२, २०७४ साल,
काठमाडौं । महुली लघुवित्तले गत बर्षको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनसको साथै १० प्रतिशत नगदको आर्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त कम्पनीको असोज २१ गते सम्पन्न ६७ औं सञ्चालक समिति बैठकले चुक्ता पूँजी चार करोड रुपैयाँको ५० प्रतिशत अर्थात दुई लाख कित्ता बोनस सेयर वितरण गर्ने र बोनसपछि कायम हुने ६ करोड रुपैयाँको दुई बराबर एक अनुपातमा तीन लाख कित्ता हकप्रद जारी गरि संस्थाको पूँजी नौं करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।

केही सयमयअगाडि मात्र एक लाख २० हजार कित्ता साधारण सेयर जारी गरेको महुली लघुवित्तले गत आर्थिक बर्षमा चुक्ता पूँजी भन्दा बढी चार करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा तथा जगेडा कोषमा १३ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ । लघुवित्तको सेयरमूल्य १६६० रुपैयाँ हाराहारीमा रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411