​एलाइन्स नाम परिवर्तन पछि प्रभू इन्स्योरेन्स बन्ने

प्रभु समूहको प्रवर्द्धनमा प्रभु मनि ट्रान्सफर, प्रभु बैंक र प्रभु इन्स्योरेन्स हुने

शुक्रबार, मंसिर २६, २०७१ साल,
काठमाडौं । एलाइन्स इन्स्योरेन्स कम्पनीको नाम परिवर्तन गरी प्रभू इन्स्योरेन्स बनाइने भएको छ । कम्पनीको प्रमुख सेयर हिस्सा प्रभु समूहले खरिद गरेपछि नाम परिवर्तन गर्न लागिएको हो ।

कम्पनीको नाम परिवर्तन गरेसँगै प्रभु समूहको प्रवर्द्धनमा प्रभु मनि ट्रान्सफर, प्रभु बैंक र प्रभु इन्स्योरेन्स हुनेछन ।

कम्पनीको आगामी पुस १८ गते हुने साधारणसभामा विषेश प्रस्तावकोरुपमा कम्पनीको नाम परिवर्तन गर्ने प्स्ताव छ । त्यस्तै, गत असार मसान्तसम्मको चुक्ता पुँजीको आधारमा साभारणसभाले १२ दशमलब ६३ प्रतिशत बोनस दिने प्रस्ताव छ ।

केही समयअघिे हकप्रद सेयर जारी गरी कम्पनीले चुक्ता पँुजी २७ करोड १९ लाख रुपैयाँ पुर्‍याइसकेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी २९ करोड रुपैयाँभन्दा बढी हुने भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411