नेपालमा १८० मेगावाट बिजुली थपियो, हिउँदमा लोडसेडिङ नहुने

बिहीवार, भाद्र ८, २०७४ साल,
काठमाडौं । नेपालमा आगामी हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १ सय ८० मेगावाट विद्युत नेपाल लैजान दुई देशबीच अन्तरदेशीय प्रशारण लाइनको बिहीवार उद्घाटन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार दिउँसो रिमोट मार्फत हैदरावाद हाउसबाट कटैया–कुशवा र रक्सौल–परवानीपुर प्रशारण लाइनको उद्घाटन गरेका हुन् ।  ती दुई प्रशारण लाइन केही महिना पहिले निर्माण सम्पन्न भएर परीक्षण समेत भइसकेको छ ।

यसअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा मुजफ्फरपुर–ढल्केवर प्रशारण लाइनको उद्घाटन भएको थियो । अहिले भारतबाट ३ सय ८० मेगावाट विद्युत नेपालले खरिद गरिरहेको छ ।

नेपालले यी प्रशारण लाइन मार्फत थप १ सय २० मेगावाट विद्युत खरिद गर्ने तयारी गरेको छ । भारतीय उर्जा मन्त्रालयले नेपालले चाहेमा थप १ सय ८० मेगावाट सम्म विद्युत नेपाललाई दिनसक्ने बताइसकेको छ ।

नेपाल–भारत उर्जा समितिमा नेपालले किन्ने विद्युतको मूल्य समेत निर्धारण भइसकेको छ । प्रशारण लाइनको काम सम्पन्न भएपछि सुख्खा यामममा नेपालले भारतबाट कुल पाँच सय मेगावाट विजुली खरिद गर्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411