विद्युत प्राधिकरण र पिपल्सबीच विद्युत् खरिद सम्झौता

मंगलवार, भाद्र ६, २०७४ साल,
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित  कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरे।

इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ । सम्झौतानुसार हिउँदमा रु ८।४० र वर्षाकालमा रु ४.८० प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ । आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ।
 
प्रतिमेगावाट रु १८ करोड लागत रहेको उक्त आयोजनाको कुल लागत रु ९० करोड रहने छ । रु तीस करोड शेयर लगानी र बाँकी रु ६० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणबाट ऋण लिइने छ ।

आगामी एक वर्षभित्र ५० प्रतिशत निर्माण  गरी स्थानीय बासिन्दा र नागरिकका लागि शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखिएको प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्रीले जानकारी दिए।  रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411