दूधको मुल्य बढ्यो, अब प्रतिलिटर ७० रुपैयाँ पर्ने

बिहीवार, भाद्र १, २०७४ साल,
काठमाडौं । आज भदौ १ गते देखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धि भएको छ । दुग्ध विकास संस्थानको बैठकले दुधको मूल्य बृद्धि गरेको हो । दुग्ध विकास संस्थान र निजी डेरीको मूल्य ७० रुपैयाँ पुगेको छ । यसघि ६४ रुपैयाँ प्रतिलिटर रहेको छ ।

एक प्याकेट अर्थात् आधा लिटरको मुल्य ३५ रुपैयाँ तोकिएको छ । यसघि ३३ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै होल मिल्कको ४५ रुपैयाँ भएको छ । यसअघि ४३ रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तैगरी गाईको दुधको मूल्य पनि ४० रुपैयाँ पुगेको छ । यसअघि ३८ रुपैयाँ ५० पैसा रहेको थियो ।

टि। मिल्कको मूल्य पनि ३२ रुपैयाँ पुगेको छ । यसअघि ३० रुपैयाँ ५० पैसा रहेको छ । यसअघि २०७१ मा प्रतिलिटिर ८ रुपैयाँ बृद्धि भएको थियो । दुधको मूल्य बढेसंगै दूधका परिकारको समेत बृद्धि हुने भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411