​नेप्से परिसूचक ३ दशमलव २० अङ्कले घट्यो, ११ करोड ५६ लाखको कारोबार

सोमबार, चैत्र १६, २०७१ साल,

काठमाडौं । सोमवार नेप्से परिसूचक ३ दशमलव २० अङ्क  घटेको छ । बजार खुलेदेखी केही समय बढीरहेको नेप्से परिसूचक 
आधा घण्टापछि घट्न थालेको थियो । नेप्से घटेर ९ सय ३९ दशमलव १० अङ्कमा झरेको हो । सो दिन उत्पादन तथा प्रशोधन, होटेल र व्यापार समूह बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक पनि ओरालो झरेको हो । 

सो अवधिमा होटेल समूहको परिसूचक २ दशलमव ६५ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधनको १ दशमलव २३ र व्यापार समूहको परिसूचक शुन्य दशमलव  दशमलव शून्य ४ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक १ दशमलव ४८ र वीमाको १ दशमलव शून्य २ प्रतिशतले घटेको छ । जलविद्युत्को शून्य दशमलव ५५ र विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । बैङ्किङ समूहको परिसूचक शून्य दशमलव १३ र वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको हो । 

सोमबार ९ सय ५५ व्यापारबाट १ सय २४ कम्पनीको २ लाख ७७ हजार २ सय ८३ कित्ता शेयर किनबेच भयो । जसबाट रू, ११ करोड ५६ लाख रकम परिचालन भयोे भने रू, ९ खर्ब ६३ अर्बको कुल बजार पूँजीकरण भयो । सोही दिन गुँरास लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव ९७ प्रतिशतले बढ्यो । त्यस्तै, सनराइज बैङ्कको संस्थापक शेयरको शेयरमूल्य ९ दशमलब ६५ प्रतिशतले घट्यो । ग्लोबल आइएमइ बैङ्कको रू.७९ लाख ९७ हजार बराबरको शेयर खरीदविक्री भयो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411