एनसेलले स्वर परिवर्तन गरी फोनमा कुरा गर्न मिल्ने सुविधा ल्यायो

मंगलवार, आषाढ २०, २०७४ साल,
काठमाडौं । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्ने एनसेलले जनाएको छ ।

एनसेलले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् ।

यो सेवा सुचारु गरे लगत्तै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ९साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । ईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्ने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् ।

म्याजिक भ्वाइस सेवा सोमबार ९असार १९० बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा  साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले करसहित मात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र रु १० लाग्नेछ ।

मनोरञ्जनले भरिपुर्ण यो सेवा सुचारु गर्न चाहने ग्राहकले एस्ट्रिक्स १७१३५ ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि १’ र स्वतः नविकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखि १७१३५ मा एसएमएस पठाउनुपर्नेछ । त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७ एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७ एमभि १’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनुपर्नेछ ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411