पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब किन्दा कति पर्छ ?

आईतवार, आषाढ १८, २०७४ साल,
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ ।

निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ।

यसअघि १०० रुपैयाँ प्रतिलिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

यस्तै डिजेल र मट्टितेल लिटरमा २र२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँमा पाइन्थ्यो ।

अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अब ८४ रुपैयाँ हुनेछ ।

अब मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा लिटरको ७ रुपैयाँ ३० पैसा नाफा छ । त्यसैगरी डिजेलमा निगमलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा, मटितेलमा १८ रुपैयाँ र हवाइ इन्धनमा १० रुपैयाँ नाफा छ । त्यसैगरी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा हुनेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411