लमजुङ्गका जनप्रतिनिधीको निर्णय जग्गा बाँझो राख्न नपाइने

बिहीवार, आषाढ १५, २०७४ साल,
बेँसीसहर। उत्तरी लमजुङमा रहेको मस्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
 
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको सो बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवद्र्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।
 
बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ ।
 
पहिलो बैठकमा गरिएको १७ बुँदे निर्णयमा  एक गाउँ एक ल्यान्ड फिल्ड साइड निर्माण, पञ्चवर्षे गुरुयोजना निर्माण, विभिन्न क्षेत्रका विशेषज्ञ, राजनीतिज्ञ, परामर्शदातासँगको अन्तक्र्रिया, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण र प्रचारप्रसार, समयको व्यवस्थापनलगायत विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411