महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बृज सिमेन्टको साथ

बिहीवार, आषाढ १, २०७४ साल,
काठमाडौं । वैज्ञानिक अनुसन्धान कार्यका सामाजिक अभियन्ता म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व महावीर पुनलाई बृज सुपर प्रिमियम ओपीसी सिमेन्टको ब्रान्ड एम्बेसडर भई यस कम्पनीलाई पु¥याउनु भएको योगदान स्वरूप राष्ट्रिय आविष्कार केन्द्रका लागि २ लाख ५० हजार सहयोग प्रदान गरेको जनाएको छ ।

जसले गर्दा प्राकृतिक स्रोत साधनले परिपूर्ण रहेको हाम्रो देश नेपाल ऊर्जा, प्राकृतिक सम्पदा, मानवस्रोत, जलस्रोत आदिको सही परिचालन गरी राष्ट्र निर्माणमा उल्लेख योगदान दिने लक्ष्य लिएको भन्दै कम्पनीले देश राजनीतिक विकास, संवैधानिक निरन्तरता, संघीयताको शीघ्र कार्यान्वयन, आर्थिक विकास एवं वृद्धि र पूर्वाधार विकासको यात्रामा लम्कँदै गर्दा विज्ञान तथा प्रविधिको विकास आशातित नहुँदा तथा आवश्यक अनुसन्धानका लागि एक प्रयोगशालासम्म नभएको अवस्थामा हाम्रा विभिन्न अवसरहरू र चुनौतीको उचित सम्वोधन हुन सकेको छैन जसले निर्माण लगायतका अत्यावश्यक सामाग्री तथा विभिन्न उपकरणहरूको ९० प्रतिशत माग आयातबाट धानिरहेको अवस्था रहेको जनाएको छ ।

मूलतः तल्लो तहबाटै अनुसन्धान, आविष्कारका लागि आर्थिक सहयोग, प्राविधिक सहयोग, विभिन्न उपकरण, श्रोतसाधन जुटाउन, केन्द्रीय तथा क्षेत्रगत रूपमा अनुसन्धानका लागि पूर्वाधार तथा अनुसन्धान केन्द्र स्थापना गर्न र विभिन्न विश्वविद्यालयमा अध्ययनरत तीक्ष्ण ज्ञान भएका विद्यार्थी, अनुसन्धान प्रोजेक्ट, उद्यमशील मानवस्रोतको भरपुर उपयोग गरी नवीनतम खोज र अनुसन्धानलाई प्रभावकारी गर्न साथै, पुनको यस महान अठोट, आकांक्षालाई साकार पार्ने सामाजिक अभियन्ता महावीर पुनको लक्ष्य, आकांक्षा र अभियानमा बृज सिमेन्ट हरपल सहयोग गर्न तयार छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411