अनलाइनको माध्यामबाट चार महिनामा एक सय ४४ उद्योग दर्ता

सोमबार, जेष्ठ २९, २०७४ साल,
काठमाडौं । उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्याम सुरु गरेदेखि उद्योग दर्ता गर्ने क्रम बढेको बताए । विभागमा हाल ठूला २७, मझौला ३२ र साना ८५ उद्योग अनलाइनमार्फत दर्ता भएका छन् ।

विभागले रु १० करोडदेखि २५ करोड लगानी भएको मझौला तथा रु २५ करोडदेखिमाथि लगानी भएको ठूला उद्योगलाई मात्र दर्ता गर्दै आएको छ भने विदेशी लगानीमा सञ्चालित साना उद्योगलाई समेत दर्ता गर्दै आएको छ ।

विभागमा चालु आर्थिक वर्षको दश महिनामा अनलाइनबाट १४४ सहित ४१८ उद्योग दर्ता भएका छन् । जसमध्ये ठूला ८६, मझौला ७५ र साना २५७ उद्योग दर्ता भएको प्रवक्ता भूषालले बताए । गत आर्थिक वर्षमा विभागबाट ४१० ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योग दर्ता भएका थिए ।

संविधान निर्माण र लोडसेडिङको अन्त्यसङ्गै स्वदेशमा औद्योगिकमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागले जनाएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411