जागिर खोजीमा हुनुहुन्छ ? सानिमा लाइफ इन्स्योरेन्समा अवसर खुल्यो

शुक्रबार, जेष्ठ २६, २०७४ साल,
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि आवेदन माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरदेखि जुनियर असिस्टेन्टका लागि आवेदन माग गरेको हो ।

कम्पनीले विराजनगर, विरगञ्ज, भद्रपुर, बुटबल, नेपालगञ्ज, धनगडी, पोखरा, सुर्खेतका लागि रिजनल म्यानेजर माग गरेको छ । स्नातक उर्तीण र ५ वर्षसम्म बैंक तथा बीमा कम्पनीमा काम गरेकाले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, अन्डरराइटिङ, क्लेम, रिइन्स्योरेन्स, फाइनान्स, आइटि, एडमिस्ट्रेसनका लागि अफिसरका लागि पनि आवेदन माग गरिएको छ । स्नातक उर्तीण र सम्बन्धीत विषयमा ३ बर्ष काम गरेकाले आवेदन दिनसक्ने छन् ।

काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका लागि म्यानेजमेन्ज ट्रेनिका लागि स्नातकोत्तर उर्तीणले आवेदन दिन सक्नेछन् । कम्पनीले उपत्यका तथा उपत्यका बाहिरका लागि जुनियर असिस्टेन्ट पदका लागि पनि आवेदन माग गरेको छ । स्नातक उर्तीणले जुनियर असिस्टेन्ट पदमा आवेदन दिन सक्नेछन् ।

आवेदकले कम्पनीको मेल  मा असार ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411