महुली सामुदायिक लघुवित्तको सेयर बाँडफाँड, ६ सय कित्ता भर्नेले १० कित्ता मात्र सेयर पाए

आईतवार, जेष्ठ २१, २०७४ साल,
काठमाडौं । महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ ।

माहुलीको आइपिओ १० हजार ९२० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । लघुवित्तको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन गरेका थिए । जसमध्ये ११५५ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धक सनराईज सनराईज ईन्भेष्मेन्ट बैंकिङ्गले जनाएको छ ।

साधारण सेयरमा न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ देखि अधिकतम ६०० कित्ता अर्थात ६० हजार रुपैयाँ बराबरको आवेदन गर्न पाउने व्यवस्था थियो ।

महुलीले गत बैशाख ७ देखि बैशाख ११ सम्म १ लाख २० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमा ६ हजार कित्ता सामुहिक लगानी कोष र ४ हजार कित्ता कर्मचारीको लागि छुट्टाइएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411