स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ बाँडफाँड, हेरौं कसलाई कति ?

सोमबार, बैशाख २५, २०७४ साल,
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँड भएको छ ।

सोमबार भएको शेयर बाँडफाँट अनुसार बैंकको एफपिओमा १४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् । त्यस्तै १५० देखि १६० कित्तामाथि आवेदन दिनेलाई अनिवार्य १० कित्ता, १६० भन्दा माथि शेयर आवेदन दिनले ११ कित्ता पाएका छन् ।

त्यस्तै सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन दिने लगानीकर्ताले १६ सय ३० कित्ता शेयर प्राप्त गरेका छन् ।
शुक्रबार शेयर बाँडफाँट गर्ने तयारी भएपनि आस्बा प्रणालीबाट परेको आवेदनको म्याचिङमा केही समस्या देखिएकोले दुई दिन ढिला गरी आज शेयर बाँडफाँट भएको हो ।

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411