लक्ष्मी क्यापिटलको लक्ष्मी इक्विटी फण्ड निष्कासन, आजदेखि २६ गतेसम्म आवेदन दिन सकिने

शुक्रबार, बैशाख २२, २०७४ साल,
काठमाडौँ। लक्ष्मी क्यापिटल मार्केटले आजदेखि 'लक्ष्मी इक्विटी फण्ड' इकाई निष्कासन सुरु गरेको छ । लक्ष्मी सामुहिक लगानी कोषले एक अर्ब रुपैयाँ बराबरको इकाई निष्कासनको गरेको हो ।

१० रुपैया प्रति इकाईका दरले एक करोड युनिट शुक्रबारदेखि निष्कासन भएको छ । बैशाख २२ देखि २६ गते सम्म आवेदन दिन सकिने लक्ष्मी क्यापिटलले जनाएको छ ।

लक्ष्मी क्यापिटलको यो दोस्रो सामुहिक योजना हो । यस अघि १० वटा सामुहिक योजनाले इकाई निष्कासन गरेका छन् ।

लक्ष्मीले निष्कासन गर्न लागेको सामुहिक योजना ११ औ योजना परेको छ । लक्ष्मीले निष्कासन गरेको एक अर्ब थपिएपछि सम्पूर्ण सामुहिक लगानी कोषको फण्ड नौ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411