नेप्से ४ अंकले बढ्यो, ८९ करोड रुपैयाँको शेयर किनबेच

बुद्धबार, बैशाख २०, २०७४ साल,
काठमाडौं । बुधबार नेप्से परिसूचक ४ अंकले बढेर १६ सय ६२ अंकमा कायम भएको छ। १ सय ४२ कम्पनीको ८९ करोड रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १९ खर्ब २७ अर्ब पुगेको छ।
 
कारोबार खुलेको १५ मिनेटमै बजार १६ सय ७६ अंकमा पुगे पनि त्यसपछि बजार ओरालो गतिमा मोडिएको थियो। पौने २ बजे १६ सय ५९ अंकसम्म झरेको बजार त्यसपछि बन्द हुँदासम्म सामान्य उकालो लाग्यो।  
 
विकास बैंक र उत्पादनबाहेक सबै समूह ओर्लिएका छन्। विकास बैंक ४.९ र उत्पादन २ अंकले घटे। होटल समूह सबैभन्दा बढी ४३ अंकले बढेको छ। बिमा १६, बैंकिङ र अन्य समूह ४–४ अंकले बढे। फाइनान्स २ र जलविद्युत समूह ६ अंकले उकालो लागे।
 
सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी रकमको सेयर कारोबार भयो। उसको ४ अर्ब ३९ करोडको कारोबार हुँदा दोस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ४ अर्ब ३१ करोडको सेयर किनबेच भयो। लक्ष्मी बैंकको ३ अर्ब ७८ करोडको कारोबार भयो। एसबिआई, स्टाण्डर्ड चार्टड र एभरेष्ट बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
 
सप्तकोसी विकास बैंक र भार्गव विकास बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्। साहारा विकास बैंक तथा ङादी पावरको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। जनउत्थान र एनएमबि माइक्रोफाइनान्सको मूल्य सबैभन्दा बढी ५ प्रतिशतले घटेको छ।
 
 यस दिन सप्तकोसी विकास बैंकको बोनस तथा हकप्रद, युनाइटेड फाइनान्सको बोनस, साना किसान माइक्रोफाइनान्स, एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। त्यस्तै जनता बैंकको हकप्रद र बोनस सेयर सूचीकृत भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411