नेपाल इन्भेष्टमेन्ट बैंकको ९ महिनाको नाफा २ अर्ब ३७ करोड रुपैया, निक्षेप पुग्यो १ खर्ब १९ अर्ब

बुद्धबार, बैशाख २०, २०७४ साल,
काठमाडौं । एक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले झण्डै ५५ करोड रुपैयाँ नाफा बढाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८३ करोड रुपैया मात्र नाफा गरेको थियो । बैंकले चालु आवको तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै समष्टिगत वित्तीय स्थिति, तरलता र मौज्दातको अवस्था सन्तोषजनक रहेको बताएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १९ अर्ब १ करोड रुपैयाँ निक्षेप  परिचालन गरेको छ । गत आवको सोही अवधिमा निक्षेप परिचालन १ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँ थियो । एक वर्षमा बैंकले ७ अर्ब रुपैयाँ मात्र निक्षेप बढाएको छ ।

गत चैतसम्म बैंकले १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८४ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । एक वर्षमा बैंकको कर्जा लगानी झण्डै १८ अर्ब रुपैयाँ बढकेको जानकारी दिएको छ ।

समीक्षा अवधिमा खराव कर्जा ०.६३, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ६९.१७, लागत ४.५५, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.८८ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५४ पैसा छ ।

बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याइएसकेको छ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ छ । बैंकले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्दे छ । एस खरिदपछि बैंकको चुक्तापूँजी ९ अर्ब रुपैयाँ नाघ्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411