साता अन्तिम दिन १ अर्ब १० करोडको सेयर कारोबार

बिहीवार, बैशाख १४, २०७४ साल,
काडमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता सेयर किनबेच भयो।
 
नेप्से परिसूचक पनि हरियो रह्यो। ० दशमलव ३२ अंकले नेप्से हरियो रहे पनि सेन्सिटिभ सूचक ० दशमलव ५९ अंकमा रातो रह्यो। बैंकिङ र अन्यबाहेक सबै समूहहरु बढेका छन्। बैंकिङ ५.७ र अन्य समूह ४.९ अंकले घटे। बिमा ६९, होटल ६६, जलविद्युत १४, विकास बैंक र फाइनान्स ६–६ अंकले बढेका छन्।
 
यस दिन सिद्धार्थ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको ५–५ करोड बढीको कारोबार भयो। राष्ट्रिय बिमा कम्पनीको ४ अर्ब ८८ करोडको कारोबार हुँदा प्रभु बैंकको ४ करोड २० लाखको कारोबार भयो।
 
एनबि इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो।कम्पनीले शत प्रतिशत हकप्रद सेयर निश्कासन गर्न स्वीकृति पाएपछि लगानीकर्ताले महँगो मूल्य तिरेका हुन्।
 
त्यस्तै मेरो माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सप्तकोसी विकास बैंक र ललितपुर फाइनान्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ। गुह्वेश्वरी मर्चेन्ट बैंकिङको मूल्य सबैभन्दा बढी ४ प्रतिशतले घटेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411