एभरेष्ट बहुराष्ट्रिय कम्पनीले पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने

बिहीवार, बैशाख १४, २०७४ साल,
काठमाडौं  । नेपाली बहुराष्ट्रिय कम्पनी माउण्ट एभरेष्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । केन्द्रीय कार्यालय काठमाडौं रहेको सो कम्पनीले एमइ ट्राभल एण्ड टुर्स प्रालि नामक कम्पनी खडा गरी व्यवसाय शुरू गर्ने तयारी गरेको हो ।

‘नेपालीले नेपालमै’ नारासहित ट्राभल एण्ड टुर्स, होटेल, रेस्टुराँ, शिक्षा, सुपरमार्केट र कृषिलगायत क्षेत्रमा सेवा तथा वस्तुको व्यापारमा लगानी गर्ने सो कम्पनीले बताएको छ । नेपालसहित एशिया, यूरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा व्यवसाय विस्तार गरिने कम्पनीका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिए । पहिलो पटक विभिन्न देशमा बस्ने नेपाली व्यवसायीद्वारा प्रवद्र्धित सो  कम्पनीले विसं २०८२ सम्ममा देश विदेशमा गरी करीब ५ सय नेपालीलाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ । नेपाललाई विश्वमा चिनाउन र विश्वका पर्यटकलाई नेपालमा आकर्षित गर्न कम्पनीले काठमाडौंबाट सेवा शुरू गरेको अधिकारीले बताए ।

नेपालको विकासको लागि सम्भावना भएर पनि पछि परेको पर्यटन क्षेत्रलाई विशेष जोड दिई विदेशी लगानी भित्र्याउन कम्पनी लागि पर्ने बताए ।  अध्यक्ष अधिकारीका अनुसार हालसम्म धेरै बहुराष्ट्रिय कम्पनीले नेपालमा शाखा कार्यालय खोलेर मात्र सेवा दिने गरेका छन् । एमइ ग्रुपले पहिलो पटक बहुराष्ट्रिय कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँमा राखेर विश्व बजारमा व्यापार प्रवद्र्धन गर्ने योजना ल्याएको छ । कम्पनीको शुक्रवार औपचारिक शुभारम्भ गरिनुका साथै विभिन्न क्षेत्रमा लगानीको घोषणा गरिने बताइएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411