असिनाबाट ७० करोड बराबरको गहुँ क्षति

मंगलवार, बैशाख १२, २०७४ साल,
वीरगन्ज। वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ ।

जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो ।

जिल्लामा यस वर्ष किसानले २८ हेक्टर ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा वैशाखको पहिलो साता आएको असिनाबाट जिल्लामा ३० प्रतिशत गहुँ बाली क्षति भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरतन साहले बताए ।

यसैगरी, सो असिनाबाट बारा जिल्लामा दलहन बाली ५० प्रतिशत, तरकारी बाली २५ प्रतिशत र हिउँदे मकै बाली २० प्रतिशत क्षति भएको सो कार्यालयले जनाएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411