लक्ष्मी म्युचुअलको एक अर्ब रुपैयाँको शेयर निष्काशन

मंगलवार, बैशाख १२, २०७४ साल,
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सर्वसाधारणका लागि निष्काशन  गरेको छ ।

प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुल्ला गरेको हो । कुल निष्काशनको १५ प्रतिशत अर्थात एक करोड ५० लाख लक्ष्मी बैंकलाई यसअघि नै छुट्याएको उक्त कम्पनीको शेयरमा ८ करोड ५० लाख इकाईमा मात्रै लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आवेदकले प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाई (एक हजार रुपैयाँ) देखि एक करोड ईकाई ९दश करोड रुपैयाँ० सम्मका लागि सर्बसाधारणले आवेदन गर्नसक्नेछन् ।

कम्पनीको शेयरमा लगानीकर्ताले यही वैशाख २२ देखि छिटोमा २६ गते र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।

आवेदकले लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखाहरुबाट आबेदन पत्र प्राप्त गरी माग गरे बराबरको रकम बुझाएर पेश गर्न सकिनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411