एभरेष्ट बैंकको ९ महिनाको नाफा १अर्ब ५२ करोड, प्रतिशेयर आम्दानी ४४ रुपैयाँ

सोमबार, बैशाख ११, २०७४ साल,
काठमाडौं ।  चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ । चालु आवको चैतसम्म बैंकले १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २० करोड ९० लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा यो आवमा बैंकले नाफा झण्डै ३३ करोड रुपैयाँ बढाएको छ ।  

बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाश वित्तीय विवरणअनुसार नाफा, कर्जा लगानी र निक्षेप परिचालनमा विस्तार भएको देखाएको छ । चैतसम्म बैंकले ९२ अर्ब ८१ करोड १४ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा ७९ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यस्तै समीक्षा अवधिमा बैंकले ७३ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अधिमा बैंकले ५९ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ ।

चैतसम्म बैंकको खराब कर्जा अनुपात ०.६७, निक्षेप लागत ४.१८, स्प्रेड दर ४.७४ र सीडी रेसियो ७०.८९ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ बढी छ । बैंकको तरलताको अवस्था पनि राम्रो छ ।  

बैंकको चुक्तापुँजी ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ छ । आगामी असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउँदै छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411