३५ अंकले बढ्यो नेप्से, १ अर्ब ५३ करोड रुपैयाँको शेयर किनबेच

आईतवार, बैशाख १०, २०७४ साल,
काठमाडौं । गत साताको अन्तिम दिन विहिबार स्थिर रहेको शेयर बजार यो साताको पहिलो दिन आइबार उच्च अंकले बढेको छ ।

आजको बजार ३५ दशमलव ३८ अंकले बढेर १६ सय ९३ दशमलव ७२ विन्दुमा पुगेर बन्द भयो । परिसुचकसँगै कारोबार रकम पनि बढेको छ । आज १४२ कम्पनीका एक अर्ब ५३ करोड ३८ लाख १८ हजार ८१२ रुपैयाँको २२ लाख २० हजार १७५ कित्ता शेयर किनबेच भएको छ ।

आज लगानीकर्ताको रोजाइमा बीमा कम्पनीहरु परेका छन् । यो समूह सर्वाधिक ३१८ दशमलव ९३ अंकले बढ्दा सर्वाधिक कारोबार हुने १० कम्पनीमा आठ कम्पनी सोही समूहका रहेका छन् । आज सर्वाधिक कारोबार हुने पहिलो नम्बरमा प्रभु बैंक दर्ज भएको छ । गत साताको अन्तिम दिन विहिबार ७ करोड ९७ लाखको कारोबार भएको यो बैंकको आज पनि ७ करोड ६१ लाखको शेयर किनबेच भएको छ ।

त्यस्तै सिद्धार्थ इन्स्योेरेन्सको ६ करोड ६० लाखको शेयर किनबेच भएको छ भने युनाईटेड इन्स्योरेन्सको ६ करोड ११ लाख भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

बजार ३५ अंकले माथि चढ्दा आज राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा बूक गरेका छन् । यो कस्पनीको शेयर मूल्य आज १० प्रतिशत अर्थात एक हजार आठ रुपैंयाले बढेको छ । त्यस्तै आज गुमाउनेमा २१ कम्पनी मध्ये माउन्ट मकालु डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलव २५ प्रतिशतको घाटा बेहोरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411