नेपाल टेलिकमद्वारा डाटामा ल्यायो सस्तो अफर

आईतवार, बैशाख १०, २०७४ साल,
काठमाडौं । नेपाल टेलिकमले पनि इन्टरनेट डाटा शुल्क घटाएको छ ।  सस्तो अफर भन्दै टेलिकमले आफ्नो शुल्क घटाएको हो ।

कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो।

राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक अफर अन्तर्गत एक हप्ते अवधिको ५ सय एमबिको ४५ रुपैयाँ, १५ दिने अवधिको १२ सय एमबिको ९० रुपैयाँ, एक महिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एक महिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै एक महिने अवधिका लागि अल टाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ८५० एमबिको २ सय रुपैयाँ १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ। २४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ।

डे नाइट डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबिको सात दिने डाटा प्याक शुल्क १ सय रुपैयाँ रहेको छ।

जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ। जुन २५० मिनेटसम्म प्रयोग गर्न सकिनेछ।

टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि *१४१५# डायल गर्न टेलिकमले अनुरोध गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411