नेपालमा लगानी गरे मनग्य नाफा हुने उद्योगमन्त्रीको दाबी

शुक्रबार, बैशाख ८, २०७४ साल,
काठमाडौं । नेपालमा लगानी गरे मनग्य नाफा हुने उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताएका छन् । कूटनीतिक नियोगका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा उनले नेपालमा लगानी गरी फाइदा लिनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरे ।

छलफल कार्यक्रममा मन्त्री जोशीले नेपालमा सम्भावनै सम्भावना भएको बताए । “नेपाल लगानीका लागि उपयुक्त गनतव्य हो,” उनले भने “लगानीकर्ताहरुलाई अप्ठ्यारा रहेका कतिपय ऐन नियमहरुमा हामीले सुधार गरिसकेका छौं ।” केही निर्माणको अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

उद्योग मन्त्रालयका अनुसार हाल मुलुकमा दोस्रो चरणको आर्थिक सुधार कार्यक्रम सञ्चालनमा छ । आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयले विशेषगरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको छ ।

मन्त्रालयले प्रत्येक बर्ष १० खर्ब रुपैयाँ लगानी भित्र्याई करिब बार्षिक ५० हजार जनाको रोजगारी सृजना गर्ने उद्देश्यका साथ अघि बढेको बताएको छ ।

छलफलमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले औद्योगिक व्यवसाय ऐन २०७३ मा व्यवस्था गरिएअनुरूप उद्योग सम्वन्धी सेवालई छिटो छरितो बनाइरहेको बताए । जस अन्तर्गत एकद्धार सेवालाई उद्योग विभागबाट सुरु गरि सकिएको जानकारी दिए ।

छलफलमा सहभागी कूटनीतिक निकायका प्रतिनिधिहरुले नेपालमा उद्योग स्थापनाका प्रकृया जटिल रहेको औंल्याएका थिए । त्यसलाई सरलीकरण गर्न सके अन्तर्राष्ट्रिय समुदायहरु आकर्षित हुने तथा लगानी बढ्ने उनीहरुको तर्क थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411