शेयर बजारमा ५० अंकको बृद्धि, कारोबार १ अर्ब ७ करोड रुपैयाँमा सिमित

बुद्धबार, बैशाख ६, २०७४ साल,
काठमाडौं । बुधबार शेयर बजारमा कारोबार भएका अन्य बाहेकका सबै समूह बढेपछि समग्र बजार ४९ दशमलव ९८ अंकले बढेर १६ सय ६२ दशमलव ०२ को बिन्दुमा बजार बन्द भएको हो । नेप्से परिसुचकमा उच्च अंकको वृद्धि देखिएपनि कारोबार भने आज केही कमी आएको छ । मंगलबार डेढ अर्बको कारोबार भएको बजारमा बुधबार १४२ कम्पनीको एक अर्ब सात करोड १४ लाख २८ हजार ९६८ रुपैयाँको १८ लाख दुई हजार ४७३ कित्ता शेयर किनबेच भएको छ ।

बुधबार कारोबार भएका समूह मध्ये बीमा समूह सबैभन्दा बढी अंकले बढेको छ । यो समूह २९२ दशमलव ६७ अंकले बढेको हो । त्यस्तै बैंकिङ समूह ४९ दशमलव २ अंकले, होटल समूह ८७ दशमलव २९ अंकले, जलुविद्युत ६९ दशमलव ५७ अंकले, फाइनान्स १७ दशमलव ७१ अंकले, र उत्पादन तथा प्रशोधन समूह ९ दशमलव ४३ अंकले बढेका छन् । घट्ने एक मात्र अन्य समूह एक दशमलव १६ अंकले तल झरेको छ ।

त्यस्तै क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १० दशमलव ७७ अंकले बढेर ३ सय ५९ दशमलव ०१ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

आज राष्ट्रिय बीमा कम्पनी लिमिटेड सबैभन्दा बढी शेयर खरिदबिक्री भएको छ । कम्पनीको पाँच करोड भन्दा बढीको शेयर कारोबार भएको हो । त्यस्तै गुराँस लाईफ इन्स्योरेन्सको चार करोड भन्दा बढीको शेयर किनबेच भएको छ ।

बजार करिब ५० अंकले बढ्दा दश कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जसमध्ये चार कम्पनी काबेली विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड, फस्र्ट माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी नोक्सानी बेहोर्नेमा ग्लोबल आइएमई समुन्नत स्किम वानका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य दुई दशमलव ९१ प्रतिशतले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411