सामसङ ग्यालेक्सी एट र ग्यालेक्सी एट प्लस स्मार्टफोन नेपाली बजारमा

बुद्धबार, बैशाख ६, २०७४ साल,
काठमाडौं । कोरियाको सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस एट र ग्यालेक्सी एट प्लस स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।  

दुवै स्मार्टफोन असीमित सम्भावना, नयाँ डिजाइन, विशेषता र प्रयोगकर्तामैत्री भएको कम्पनीले जानकारी दिएको छ । दुवै स्मार्टफोनले ब्लेजलेस, ड्युएल एज, इन्फिनिटी डिस्प्लेले सिनेम्याटिक भ्युइङ अनुभवलाई नयाँ अर्थ दिएको कम्पनीले बताएको छ । यसमा उत्कृष्ट लोलाइट क्यामेरा र व्यक्तिगत सहायकका रूपमा विक्सवाई जडान गरिएको छ ।

सामसङ नेपालका आईएम बिज प्रमुख प्रणयरत्न स्थापितका अनुसार ग्यालेक्सी एस एट र प्लसमार्फत सामसङले नयाँ आविष्कार र अलौकिक डिजाइनको परम्परालाई अघि बढाएको छ ।  

यी दुवैका खरिदकर्तालाई टेलिकम र एनसेलको सहकार्यमा ८ महिनाका लागि ८ जिबी डाटा, शिखर इन्सुरेन्स कम्पनी लिमिटेडको साझेदारीमा ६ महिनाको बे्रकेज इन्सुरेन्स र विभिन्न बैंकहरुको सहकार्यमा ६ महिने ईएमआई पनि प्रदान गरेको छ ।

वैशाख २२ देखि नेपालमा केही छानिएका बिक्री केन्द्रबाट उपलब्ध हुने ग्यालेक्सी एटको मूल्य ८८ हजार ९ सय र ग्यालेक्सी एट प्लसको ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411