टिफाको तेस्रो बैठक भोली, अमेरिकी लगानी आकर्षित र व्यापार विस्तारमा सहयोगी हुने

बुद्धबार, बैशाख ६, २०७४ साल,
काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक बिहीबार काठमाडौंमा हुँदैछ । नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८ सालमा टिफा सम्झौता भएको थियो । 

नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन उक्त सम्झौता भएको हो । वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा हुने उक्त बैठकमा वाणिज्य, अर्थ, परराष्ट्र, कानून, न्याय तथा संसदीय मामिला र उद्योग मन्त्रालयका साथै नेपाल राष्ट्र बैङ्क, नेपाल लगानी बोर्ड, गुणस्तर तथा तापतौल विभाग र खाद्य प्रविधि अनुसन्धान विभागका उच्च अधिकारी सहभागी हुने वाणिज्य मन्त्रालयका प्रवक्ता रविशङ्कर सैंजुले जानकारी दिएका छन् । 

बैठकमा भाग लिन अमेरिकी सरकारका उच्च अधिकारी पनि राजधानी आइसकेको बताइएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411