​राजस्व दाखिलामा अनियमितता गर्ने यातायातका पाँच कर्मचारी निलम्बित

बुद्धबार, बैशाख ६, २०७४ साल,
काठमाडौं । यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको भन्दै पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ । 

यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल एवम् नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले निजामती सेवा ऐनअनुसार बुधबार सचिवस्तरीय निर्णय गरी राजस्व दाखिलामा अनियमितता गरेको प्रारम्भिक अनुसन्धानबाट प्रमाणित भएकाले निलम्बन गरिएको विभागले बताएको छ । 

यससम्बन्धी थप अनुसन्धानका लागि बुधबारै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाइएको पनि उनले बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411