९ हजार करोड ऋण नतिरि भागेका उद्योगपति विजय लण्डनमा पक्राउ

मंगलवार, बैशाख ५, २०७४ साल,
नयाँ दिल्ली । भारतीय उद्योगपति विजय माल्या लण्डनबाट पक्राउ परेका छन् । गत फेब्रुअरी महीनामा नै भारत सरकारले उनलाई पक्राउ गर्न बेलायत सरकारलाई आग्रह गरेको थियो । बैङ्किङ कसुर र आर्थिक अनियमितताको आरोपमा छानबिनमा परेपछि उनी त्यसबाट बच्न भाग्दै आएका थिए ।

विमान कम्पनी किङ फिसरका माकिल समेत रहेका माल्यालाई बैैङ्कबाट ऋण लिएर नतिरेको आरोप लागेको छ । रक्सीको कारोवार गर्ने उद्योगपति माल्याको विमान कम्पनी किङ्फिसरमाथि विभिन्न बैङ्कहरुमा गरेर ९ हजार करोड रुपयाँ ऋण रहेको बताइएको छ । सो ऋण उठाउन सन् २०१५ मा भारतीय स्टेट बैङ्कको नेतृत्वमा १७ ओटा बैङ्कले किङफिसर हाउसमा कब्जा गरेका थिए । धेरै ऋण र घाटाका कारण सन् २०१२ मा बन्द भएको सो कम्पनीका संस्थापक माल्या भने भारत छोडेर गएका थिए ।

उनीमाथि सीबीईले सम्पत्ति शुद्धिकरणको मुद्धा दायर गरेको हो । उनलाई ऋण दिएका बैङ्कहरुले माल्या देश छोडेर भाग्न सक्ने आशङ्का व्यक्त गर्दै सरकारले उनको पासपोर्ट खोस्नुपर्ने माग राख्दै अदालतमा निवेदन दिएका थिए । तर, सङ्घीय अनुसन्धान निकायले उनीहरुले माग गर्नु एक हप्ता अघि नै माल्या विदेश हिँडेको जानकारी दिएका थिए । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411