चौधरी फाउन्डेसनले पनि एकीकृत नमुना बस्ती बनाउने

मंगलवार, बैशाख ५, २०७४ साल,
काठमाडौ । चौंधरी फाउन्डेसनले सिन्धुपाल्चोेक जिल्लाको विभिन्न ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गर्ने भएको छ ।

चौंधरीले फाउन्डेसनले स्कूल, स्वास्थ्य केन्द्र, विभिन्न तालिम केन्द्रहरुसहितको एकीकृत बस्ती निर्माण गर्ने भएको हो ।

फाउन्डेसनले २०७५ साल असोज महिनाभित्र एकीकृत नमुना बस्ती बनाई समुदायलाई हस्तातरण गर्ने जनाइएको छ ।

मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्द पोखरेल र फाउन्डेसनका प्रवन्ध निर्देशक निर्वाण चौंधरीबिच सुविधासम्पन्न एकीकृत नमुना बस्ती बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिन्धुपाल्चोकको गिरानचौरबाट नमुना बस्ती निर्माण कार्य सुरु हुने सम्झौता पत्रमा उल्लेख छ । नमुना बस्तीमा स्कुल, स्वास्थ्य केन्द्र, विभिन्न तालिम केन्द्र र उर्जा संकट समाधानका लागि आवश्यक प्रविधिहरुको समेत व्यवस्था हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411