नेप्से परिसुचक ३९ अंकले घट्यो, डेढ अर्ब रुपैयाँको शेयर कारोबार

मंगलवार, बैशाख ५, २०७४ साल,
काठमाडौं । नयाँ वर्षको शुरु देखिनै ओरालो लागेको बजार मंगलबार पनि भारी अंकले घटेको छ । वर्षको पहिलो कारोबार वैशाख ३ गते आइतबार ४५ अंकले घटेको कारोबार दोश्रो कारोबार मंगलबार ३९ दशमलव ५७ अंकले घटेको छ ।

यसअघि वैशाखदेखि सकारात्मक बाटो समात्दै आएको बजारले यसपाली निरन्तर दोश्रो दिनपनि घटेपछि साना लगानीकर्ता आत्तिएका छन् । वैशाख ३१ मा स्थानीय निकायको चुनाव हुने माहोल बन्दै गएको बेला पछिल्लो राजनीतिक घटनाक्रमले त्यसको विश्वासिलो वातावरण नहुँदा लगानीकर्तामा अन्योलता देखिएको शेयर किनबेचमा प्रत्यक्ष संलग्न ब्रोकर कम्पनी सञ्चालकको भनाई छ ।

त्यस्तै यसअघि निक्षेपको ब्याज बढाएर पूँजी संकलन गरेका बैंकहरुले अहिले बचतको ब्याजमा नै उल्लेख्य वृद्धि गरेसँगै लगानीकर्ता शेयर किनेर जोखिम लिने भन्दा पैसा बैंकमा राख्न थालेका छन् । बैंकहरुले ८ प्रतिशतसम्म बचतमा नै ब्याज दर भुक्तानी गर्ने स्किम ल्याएपछि कम जोखिम चाहाने लगानीकर्ता यता मोडिएका हुन् ।

यसरी हेर्दा लगानीकर्तामा एकातिर लगानीको विश्वासिलो आधार नबन्नु साथै जोखिम बिना नै पैसा बैंकमा थन्काएर ब्याज खान पाइने हुनाले लगानीकर्ता शेयरमा लगानी गर्न डराएको देखिन्छ ।

नेप्से परिसुचक घटे पनि कारोबार रकम भने उत्साह जनक देखिएको छ । मंगलबार १४२ कम्पनीको एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ रुपैयाँको २२ लाख नौ हजार ९३१ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बजारमा ३९ अंकले घट्दा २५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमध्ये सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको ९ दशमलव ८२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा विजय लघुवित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ अंकले घटेको छ । आजको बजारमा सबैभन्दा बढी कारोबार भएको एभरेष्ट बैंकको शेयर मूल्य ९ दशमलव ९५ अर्थात २०४ रुपैयाँले घटेको छ ।

आजको शेयर कारोबारमा उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य समूह घटेका छन् । आज बीमा समूहको शेयर मूल्य सर्वाधिक १८४ दशमलव ४७ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूह ४४ दशमलव ०७ अंकले, विकास बैंक ३८ दशमलव ८७ अंकले, जलविद्युत समूह ७१ दशमलव २४ अंकले, होटल ४६ दशमलव ३७ अंकले, फाइनान्स एक दशमलव ९५ अंकले र अन्य समूह ६ दशमलव ०७ अंकले घटेका छन् ।  बढ्नेमा उत्पादन तथा प्रशोधन समूह ८ दशमलव ९६ अंकले मात्रै बढेको छ ।

त्यस्तै क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स नौ दशमलव ९८ अंकले घटेर ३ सय ४८ दशमलव २४ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411