वर्ल्डलिंकको १०० जीबीपीएसको नेटवर्क विस्तार

मंगलवार, बैशाख ५, २०७४ साल,
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनस प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालका दशलाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम (एफटीटीएच) नेटवर्क सेवाको विस्तार गर्ने योजना लिएको छ ।

कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आमनागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवातथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (आइपीटीभी) प्रदान गर्ने लक्ष्य लिएको छ ।

हाल, उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।

नेपालमा इन्टरनेट सेवाको विकास तथा विस्तारको लागि एउटा महत्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायी भूमिका खेलिरहेको कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदानगर्न लागेको २१ वर्ष पुगेको छ ।

इन्टरनेट सेवा विस्तारका लागि पहिले नै ३ अर्ब रूपैयाँ लगानी गरिसकेको कम्पनीले आगामी तीन वर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्‍याउने लक्ष्य लिएको छ ।

वर्ल्डलिंकले तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलोपटक ‘१०० जीबीपिएस’भन्दा धेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको छ ।

हाल उपलब्ध प्रविधिहरूमध्ये सबैभन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पु’याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल तथा अप्टिकल लाइन टर्मिनलका लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ ।

ग्राहकसेवाका हिसाबले ग्राहक आफैंले लिइरहेको सेवाको अधिक उपयोग तथा व्यवस्थापन गर्न सक्ने वेव पोर्टल र मोबाइल एप्सहरूको व्यवस्था गरिरहेको छ, जसका माध्यमले ग्राहक बर्गहरुले जुनसुकै समयमा यस कम्पनीको सेवा सुविधा लिन र यसका वारेमा जान्न सक्नेछन् ।

कम्पनीले नयाँबर्ष २०७४ सालको उल्लाससँगै हालको कम क्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निःशुल्क बृद्धि गर्दै नयाँ उच्चगतिका प्याकेजहरु पनि बजारमा ल्याउँदै छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411