तल्लो तादी जलविद्युत् आयोजनाको शिलन्यास, २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

सोमबार, बैशाख ४, २०७४ साल,
नुवाकोट  । पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको आइतवार शिलान्यास गरिएको छ । 

बुद्धभूमि हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बालकुमारीको सिम्लेमा ज्येष्ठ नागरिक द्रोणप्रसाद खतिवडा, जयकुमार खड्का र दासलाल श्रेष्ठले संयुक्तरुपमा शिलन्यास गरेका हुन् । दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणमा रू। ९८ करोड लगानी लाग्ने प्राराम्भिक अनुमान गरिएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । 

आयोजना निर्माणमा कम्पनीको ३५ प्रतिशत र सिद्धार्थ बैङ्कको नेतृत्वमा विभिन्न पाँच बैङ्कको ६५ प्रतिशत लगानी रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली समुन्द्रटार–त्रिशूली–३ बी हब १३२ केभी प्रशारण लाइनमार्फत केन्द्रीय प्रशारणमा जोड्ने कम्पनीले बतााएको छ । बालकुमारीको सिम्लेमा बाँध बनाएर दुई हजार ८ सय मि पाइपलाइन मार्फत थप्रेकको नौटारीमा विद्युत् उत्पादन गृह बनाइनेछ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411