​राधी विद्युतको लमजुङ बासीलाई ४ लाख १० हजार कित्ता आइपीओ आजदेखि

सोमबार, बैशाख ४, २०७४ साल,
काठमाडौं  । राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार कित्ता साधारण शेयर निष्कासन खुला २०७४ वैशाख ४ गते -आजदेखि निष्कासन खुला  भएको छ ।  

आइपीओ छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ २  गते बन्द हुनेछ । प्रति शेयर १ सय अङ्कित मूल्य रहेको कम्पनीको न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्ता शेयर दरखास्त दिन सकिन्छ । शेयरको निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।  

कम्पनीको प्रतिशेयर १ सयको अङ्कित दरमा ४ लाख १० हजार कित्ता लमजुङ जिल्लाको अति प्रभावित क्षेत्र घेर्मु गाविस वडा नम्बर ५ का वासिन्दाहरुलाई २ लाख ४६ हजार कित्ता शेयर र न्यून प्रभावित क्षेत्र ताघ्रिङ गाविस मस्र्याङदी गाँउपालिका वडा नंः ४ का वासिन्दाहरुलाई १ लाख ६४ कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अति प्रभावित क्षेत्रका वासिन्दाहरुलाई ६० प्रतिशत र न्यून प्रभावित क्षेत्रका वासिन्दाहरुलाई ४० प्रतिशत विक्री गर्न लागेको हो ।

हाल कम्पनीको अधिकृत पूँजी रू १ अर्ब ५० करोड र जारी पूँजी रू ४१ करोड  रहेको छ । जारी पूँजीमध्ये रू ३० करोड ७५ लाख संस्थापक शेयरधनीबाट चुक्ता भएको छ । आइपीओमा इच्छुक व्यक्तिहरुले शेयर रजिष्ट्रारका साथमा नबिल बैङ्क लिमिटेड लमजुङ शाखा, ओम डेभलपमेण्ट बैङ्क लमजुङ शाखा, कैलाश विकास बैङ्क र राधी हाइड्रोपावर लमजुङबाट  आवेदन दिन तथा दरखास्त बुझाउन  सकिन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411